(१) नियम ५ को उपनियम (२) बमोजिम बच्चाको नाम दर्ता गराउन सरोकारवाला व्यक्तिले सम्बन्धित प्रमाणपत्र नत्थी गरी स्थानीय पंजिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भए पछि स्थानीय पंजिधिकारीले सम्बन्धित दर्ता कितावमा निवेदनमा लेखिए बमोजिमको नामदर्ता गरी मिति समेत हाली सही गरी प्रमाणपत्रमा पनि नाम जनाइदिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नाम दर्ता गरेको कुराको जानकारी स्थानीय पंजिकाधिकारीले तुरुन्त पंजिकाधिकारीको कार्यालयलाई दिनु पर्नेछ ।
(४) कुनै व्यक्तिको पहिले दर्ता भई सकेको नाम फेर्नु परेमा त्यसको कारण खोली सम्बन्धित प्रमाणपत्र नत्थी गरी सरोकारवाला व्यक्तिले सम्बन्धित स्थानीय पंजिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय पंजिकाधिकारीले पंजिकाधिकारीको अनुमति लिई सम्बन्धित दर्ता कितावको कैफियत महलमा फेरिएको नाम लेखि मिति समेत हाली सही गरी प्रमाणपत्रमा समेत फेरिएको नाम लेखि दिनु पर्नेछ । त्यसरी दर्ता भई सकेको नाम फेर्दा एक रुपैयाँ दस्तुर लाग्नेछ ।